दफा २६
सूचीकृत हुनु पर्ने
(१) विज्ञापन एजेन्सी तोकिए बमोजिमको विवरण दाखिला गरी बोर्डमा सूचीकृत हुनु पर्नेछ ।
(२) यो ऐन प्रारम्भ हुँदाका बखत कायम रहेका विज्ञापन एजेन्सी यो ऐन प्रारम्भ भएको मितिले एक वर्षभित्र उपदफा (१) बमोजिम सूचीकृत हुनु पर्नेछ ।